५ आश्विन २०८१, शनिबार

कर्णाली प्रदेशमा थप ४८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३२७६ पुग्यो


कर्णाली प्रदेश

सुर्खेत, असोज ७ । कर्णाली प्रदेशमा आज दिउसो ४८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ३२७६ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको जनस्वास्थ्य शाखाका प्रमुखले आज दिउसो एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

प्रदेश अस्पताल, सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा सुर्खेतका ३१ जना, दैलेख र काठमाडौँका ३/३ जना, जाजरकोट र रुपन्देहीका २/२ जना, रुकुम पश्चिम, जुम्ला, हुम्ला, प्युठान, लम्जुङ, चितवन र भक्तपुरका १/१ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा कोभिड-१९ संक्रमणवाट निको भई १७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २७३१ पुगेको छ भने ६ जनाको कोरोना संक्रमणवाट मृत्यु भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । कर्णाली प्रदेशमा हाल ५३९ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

कर्णाली प्रदेशमा संक्रमितको संख्या ३२७६ पुग्यो, थप ४८ जनामा कोरोना पुष्टि

यो पनि पढ्नुहोस्

कर्णाली प्रदेशमा थप ५५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३२२८ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु