२९ कार्तिक २०८१, बिहीबार

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या संख्या ३५४८ पुग्यो


कोरोना भाइरस

पोखरा, असोज ७ । गण्डकी प्रदेशमा आज बिहान थप २५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३५४८ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान १०:४५ बजे प्रेस बिज्ञप्ति जारी गर्दै २५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

आज बिहान अध्यावधिक विवरण अनुसार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा कास्कीको पोखरा महानगरपालिकाका थप ९ जनामा कोरोना संक्रमण देखिएको छ ।

साथै क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण पुष्टि हुनेमा, नवलपरासी पूर्वका १ जना, स्याङजाका ३ जना, म्याग्दीका १ जना, तनहुँका ४ जना, लमजुङका ५ जना र बाग्लुङका २ जनामा कोरोना संक्रमण देखिएको छ ।

कास्की जिल्ला र लमजुङ जिल्लाका कोरोना संक्रमित व्यक्तिहरु कन्ट्याक ट्रेसिंगबाट पहिचान भएका हुन् । अन्य जिल्लाका सबै व्यक्तिहरु भारतबाट आई क्वारेन्टाइनमा बसेका हुन् । सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भई रहेको छ ।

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या संख्या ३५४८ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !