सुर्खेत, असोज ३ । कर्णाली प्रदेशमा आज दिउसो ४४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ३१०७ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुखले आज दिउसो एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।
प्रदेश अस्पताल, सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा सुर्खेतका २८ जना, सल्यानका २ जना, दैलेखका ४ जना, डोल्पा, दाङ, डोटी, काभ्रे, दोलखा, रोल्पा, भक्तपुर, रुपन्देही र बाँकेका १/१ जना रहेका छन् । यस्तै दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणमा दैलेखका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा कोभिड-१९ संक्रमणवाट निको भई २ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २६५१ पुगेको छ भने ६ जनाको कोरोना संक्रमणवाट मृत्यु भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । कर्णाली प्रदेशमा हाल ४५० जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।
यो पनि पढ्नुहोस्
कर्णाली प्रदेशमा थप ३५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३०६३ पुग्यो