११ बैशाख २०८१, मंगलबार

कर्णाली प्रदेशमा थप ३५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३०६३ पुग्यो


कर्णाली प्रदेश Family wearing Coronavirus protection masks. Face mask for kids, protect child from flu and nCov virus. Healthy family on quarantine for prevent Covid-19 vector illustration. Family in protect mask

सुर्खेत, असोज २ । कर्णाली प्रदेशमा आज दिउसो ३५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ३०६३ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुखले आज दिउसो एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

प्रदेश अस्पताल, सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा सुर्खेतका ६ जना, सल्यानका ५ जना र मुगुका १ जना रहेका छन् । यस्तै चौरजाहरी नगरपलिका पिसिआर प्रयोगशाला, रुकुम पश्चिममा गरिएको परीक्षणमा रुकुम पश्चिमका २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा कोभिड-१९ संक्रमणवाट निको भई १६ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २६४९ पुगेको छ भने ६ जनाको कोरोना संक्रमणवाट मृत्यु भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । कर्णाली प्रदेशमा हाल ४०८ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

कर्णाली प्रदेशमा थप ३५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३०६३ पुग्यो

 

 

यो पनि पढ्नुहोस्

कर्णाली प्रदेशमा थप ११४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३०२८ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !