५ आश्विन २०८१, शनिबार

बर्दियाका २२ जनासहित थप ३७ जनामा कोरोना संक्रमण पुष्टि


भेरी अस्पताल नेपालगञ्ज

नेपालगञ्ज, असोज ७ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बर्दियाका २२ जनासहित थप ३७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । अस्पतालले आज दिउसो ३:१५ एक विज्ञप्ति सार्वजनिक गर्दै गत २४ घण्टामा २०० वटा नमूना परीक्षण गर्दा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

आज दिउसो कोरोना संक्रमण पुष्टि हुनेहरुमा बर्दियाका २२ जना, बाँकेका १४ जना र सुर्खेतका १ जना रहेका छन् । आज दिउसो कोरोना संक्रमित हुनेहरुमा २४ जना पुरुषहरु र १३ जना महिला रहेका छन् ।

भेरी अस्पतालको प्रयोगशालामा हालसम्म पत्ता लागेका कोरोना संक्रमितहरुको संख्या २२८२ जना पुगेको छ । भेरी अस्पताल नेपालगञ्जमा हालसम्म प्राप्त नमूनाहरुको संख्या ४०१११ रहेको छ भने हालसम्म परीक्षण सम्पन्न भएको नमूनाहरुको संख्या ४००६९ वटा रहेको छ ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु