६ आश्विन २०८१, आइतबार

आज यी जिल्ला भए कोरोनामुक्त, यिनमा ५०० भन्दा बढी कोरोना संक्रमित


कोरोनामुक्त

काठमाडौँ, भदौ २८ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १०३९ जनामा पुष्टि भएको छ । नयाँ थपिएका कोरोना संक्रमितहरुमध्ये ३६५ जना महिलाहरु र ६७४ जना पुरुषहरु रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४१५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा ११७३ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ३८६९७ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४५ पुगेको पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार हालसम्म नेपालका ७ जिल्ला कोरोनामुक्त भएका छन् । उक्त जिल्लामा भएका सबै कोरोना संक्रमितहरु निको भएको र हाल सक्रिय संक्रमित छैनन् । जसमा प्रदेश १ मा १, गण्डकी प्रदेशमा ३ र कर्णाली प्रदेशमा ३ वटा जिल्ला रहेका छन् । सोलुखुम्बु, मनाङ, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्ला गरी ७ जिल्ला कोरोनामुक्त भएका छन्

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार ७७ जिल्लामध्ये ८ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् । मोरङ, सुनसरी, सर्लाही, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन र रुपन्देही जिल्ला गरी ८ जिल्लामा कोरोना भाइरसका ५०० भन्दा बढी बिरामी रहेका छन् ।

नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या ३४५ पुग्यो

यो पनि पढ्नुहोस्

आज यी जिल्ला भए कोरोनामुक्त, यिनमा ५०० भन्दा बढी कोरोना संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !