१८ असार २०८१, मंगलबार

आज कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

काठमाडौँ, भदौ २७ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १२०१ जनामा पुष्टि भएको छ । नयाँ थपिएका कोरोना संक्रमितहरुमध्ये ४१६ जना महिलाहरु र ७८५ जना पुरुषहरु रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३१२० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १०१७६ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म ८ लाख ३१ हजार ३६२ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १५२६० सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा ९१०७ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा ६१५३ जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ६३५४ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा आज ४३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ३७७ जना, ललितपुर जिल्लाका ३७ जना र भक्तपुर जिल्लाका १७ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ८५२ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ३७५२४ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३६ पुगेको पुष्टि भएको छ ।

प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

यो पनि पढ्नुहोस्

आज कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !