६ आश्विन २०८१, आइतबार

चितवनका ११ जनासहित थप २४ जनामा कोरोना संक्रमण पुष्टि


चितवन मेडिकल कलेज

चितवन, भदौ २६ । चितवन जिल्लामा थप २४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको ल्यावमा गरिएको परीक्षणमा चितवनका ११ जनासहित थप २४ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवन मेडिकल कलेजको ल्यावमा भदौ २६ गते १८६ वटा नमुनाहरुको पिसिआर परीक्षणको क्रममा २४ वटा नमुनाको नतिजा पोजेटिभ र १६२ वटा नमुनाको नतिजा नेगेटिभ रहेको चितवन मेडिकल कलेजले जानकारी दिएको छ ।

कोरोना संक्रमण पुष्टि हुनेहरुमा चितवनका ११ र १३ जना अन्य जिल्लाका रहेका छन् । कोरोना संक्रमितमध्ये भरतपुर महानगरपालिकाका ९ जना र रत्ननगर नगरपालिकाका २ जना रहेका छन् ।

साथै पूर्व नवलपरासी गैंडाकोट नगरपालिकाका ६ जना, हुप्सिकोटका १ जना र मध्यबिन्दु नगरपालिकाका १ जना, बाँकेको नेपालगन्जका १ जना, काठमाडौँको शंकारापुरका १ जना, रुपन्देहीको देवदहका १ जना, तनहुँको भानु नगरपालिकाका १ जना र लम्जुङको बेसीशहरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

चितवनका ११ जनासहित थप २४ जनामा कोरोना संक्रमण पुष्टि चितवनका ११ जनासहित थप २४ जनामा कोरोना संक्रमण पुष्टि

यो पनि पढ्नुहोस्

चितवनका १४ जनासहित थप २२ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !