पोखरा, भदौ २५। गण्डकी प्रदेशमा आज बिहान थप ४९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २७२८ जना पुगेको छ ।
स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ६:४५ बजे प्रेस बिज्ञप्ति जारी गर्दै ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।
आज बिहान अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा कास्कीका १९ जना, स्याङ्जाका १२ जना, बाग्लुङका ९ जना, तनहुँका ३ जना, पर्वतका १ जना र नवलपरासी पूर्वका ५ जनामा कोरोना संक्रमण देखिएको हो ।
कास्की जिल्ला, पोखरा महानगरपालिका-१५ का २३ बर्षीय महिला पश्चिमान्चल सामुदायिक अस्पताल, पोखरामा कार्यरत स्टाफनर्स हुन् भने पोखरा महानगरपालिका-३२ का ५० बर्षीय पुरुष सोहि अस्पतालमा उपचाररत कर्मचारी हुन् । पोखरा महानगरपालिका-१९ का २२ बर्षीय पुरुष पोखरामा र पर्वतका २८ बर्षीय पुरुष कुश्मा, पर्बतमा नेपाल प्रहरीमा कार्यरत रहेका छन् ।
बाग्लुङ जिल्ला, जैमिनीका ५१ बर्षीय महिला पोखरा महानगरपालिकामा रहेको फेवासिटी अस्पतालमा उपचाररत रहेका छन् भने अन्य सबै विदेशबाट आएर क्वारेन्टाइनमा रहेका छन् । अन्य सबै संक्रमित व्यक्तिहरु कन्ट्याक ट्रेसिंगबाट पहिचान भएका हुन् । सबै कोरोना व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भई रहेको छ ।
यो पनि पढ्नुहोस्
गण्डकी प्रदेशमा थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २६७९ पुग्यो