६ आश्विन २०८१, आइतबार

नेपालमा संक्रमितको संख्या ४९ हजार नाघ्यो, आज थपिए कोरोनाका नयाँ १०८१ संक्रमित


प्रा. डा. जागेश्वर गौतम

काठमाडौँ, भदौ २४ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १०८१ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९२१९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १११६७ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म ७ लाख ९९ हजार ३४१ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १५०२५ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा ७९८८ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा ७०३७ जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ५४८० जना रहेका छन् ।

काठमाडौं उपत्यकामा आज ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ३९४ जना, ललितपुर जिल्लाका ३४ जना र भक्तपुर जिल्लाका ३६ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ९१८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ३३९९२ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१२ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ४८ हजार नाघ्यो, आज थपिए कोरोनाका नयाँ ९०२ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !