१२ आश्विन २०८१, शनिबार

काभ्रेको एकै टोलमा २५ कोरोना संक्रमित भेटिएपछि सिंगो वडा नै सिल


सिल

काभ्रे, भदौ २४ । काभ्रे जिल्लाको धुलिखेल नगरपालिका-९ स्थित काभ्रेभञ्ज्याङको एउटै टोलमा २५ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित भेटिएका छन् । कोरोना संक्रमित हुनेहरुमा ९ वर्षका बच्चादेखि ८० वर्षसम्मका वृद्ध रहेका छन् ।

उनीहरुमा ज्वरो र संक्रमणका लक्षण देखापरेसँगै कोरोना परीक्षण गरिएको थियो । यसअघि सोही स्थानका केही व्यक्तिमा कोरोना पुष्टि भएको थियो । ठूलो संख्यामा संक्रमित फेला परेसँगै सो वडा सिल गरिएको छ ।

यस्तै, संक्रमितलाई उपचारका लागि धुलिखेल अस्पताल र नगरपालिकाको आइसोलेसन लैजाने तयारी भइरहेको छ । हालसम्मको विवरण अनुसार धुलिखेल नगरपालिकामा संक्रमितको संख्या ९१ पुगेको छ । साथै स्वास्थ्य कार्यालय काभ्रेका अनुसार काभ्रेमा कोरोना संक्रमितको संख्या ३६३ पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !