३० कार्तिक २०८१, शुक्रबार

गण्डकी प्रदेशमा थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २६७९ पुग्यो


कोरोना भाइरस C

पोखरा, भदौ २४। गण्डकी प्रदेशमा आज बिहान थप ७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २६७९ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ११:०० बजे प्रेस बिज्ञप्ति जारी गर्दै ७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

आज बिहान अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा लम्जुङको बेसीशहरका १ जना, तनहुँको देवघाटका २ जना, कास्कीको पोखरा महानगरपालिकाका २ जना, स्याङजाको पुतलीबजारका १ जना र तनहुँको म्यादेका १ जनामा कोरोना संक्रमण देखिएको हो ।

कास्की जिल्ला, पोखरा महानगरपालिका-१५ का ४० बर्षीय पुरुष वडा प्रहरी कार्यालय, रामबजार, कास्कीमा कार्यरत नेपाल प्रहरी रहेका छन् । स्याङ्जा जिल्ला, पुतलीबजार-१ का ८५ बर्षीय पुरुष र तनहुँ जिल्ला, म्याग्दे-६ का ६० बर्षीय महिला गरी दुबैजना पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा उपचाररत रहेका छन् । अन्य सबै संक्रमित व्यक्तिहरु कन्ट्याक ट्रेसिंगबाट पहिचान भएका हुन् । सबै कोरोना व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भई रहेको छ ।

गण्डकी प्रदेशमा थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २६७९ पुग्यो

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !