६ असार २०८१, बिहिबार

गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २६५० पुग्यो


कोरोना भाइरस

पोखरा, भदौ २३। गण्डकी प्रदेशमा आज बिहान थप ३८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २६५० जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ११:२० बजे प्रेस बिज्ञप्ति जारी गर्दै ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

आज बिहान अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिकाका २६ जना, तनहुँको आबुखैरेनीका ३ जना र बाग्लुङको तामानखोलाका ९ जनामा कोरोना संक्रमण देखिएको हो ।

कास्की जिल्ला, पोखरा महानगरपालिकामा रहेको गण्डकी मेडिकल कलेजमा उपचाररत बिरामी रहेका छन् भने २७ बर्षका १ जना महिला पार्कल्याण्ड अस्पतालका चिकित्सक हुन् । पोखरा महानगरपालिकामा रहेको पोखरा फुड्स प्रा.लि.मा कार्यरत २० जना महिलाहरु र ४ जना पुरुषहरु रहेका छन् । अन्य सबै संक्रमित व्यक्तिहरु कन्ट्याक ट्रेसिंगबाट पहिचान भएका हुन् । सबै कोरोना व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भई रहेको छ ।

आज बिहान १०:०० बजे अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २६१२ जना पुगेको थियो ।

गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २६५० पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !