८ जेष्ठ २०८१, मंगलबार

गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २६१२ पुग्यो


पोखरा, भदौ २३। गण्डकी प्रदेशमा आज बिहान थप ११ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २६१२ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान १०:०० बजे प्रेस बिज्ञप्ति जारी गर्दै ११ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

आज बिहान अध्यावधिक विवरण अनुसार भरतपुर अस्पताल, चितवन र चितवन मेडिकल कलेज, चितवन र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा नवलपरासी सुस्ता पूर्वका ६ जना र कास्कीका ५ जनामा कोरोना संक्रमण देखिएको हो ।

कास्की जिल्ला, पोखरा महानगरपालिकाका सबै संक्रमित व्यक्तिहरु पे क्लिनिकमा नमुना परिक्षणको लागि आएका हुन् । नवलपरासी (ब.सु.पू) जिल्लाका सबै व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा राखि सकिएको छ भने कास्की जिल्लाका सबै व्यक्तिलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भई रहेको छ ।

दु:खद खवर

कास्की जिल्ला, अन्नपुर्ण-१ निवासी ६३ वर्षिया महिलाको मिति २०७७ भाद्र २१ गते विहान ९:१५ बजे श्री विरेन्द्र अस्पताल, छाउनीमा निधन भएको छ । ब्रेन टुयुमर तथा मृगौलाको समस्या भई अस्पतालमा उपचाररत उनको भाद्र १९ गते कोरोना पुष्टी भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त भएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।

 

गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २६१२ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !