३० कार्तिक २०८१, शुक्रबार

गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २५९८ पुग्यो


कोरोना भाइरस

पोखरा, भदौ २२। गण्डकी प्रदेशमा आज बिहान थप ६७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २५९८ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ५:५० बजे प्रेस बिज्ञप्ति जारी गर्दै ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

आज बिहान अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा कास्कीका ३१ जना, नवलपरासी सुस्ता पूर्वका १५ जना, गोरखाका १८ जना र तनहुँका ३ जनामा कोरोना संक्रमण देखिएको हो ।

सबै व्यक्तिहरु कन्ट्याक ट्रेसिङ्गबाट पहिचान भएका हुन् जसमध्ये कास्की जिल्ला, पोखरा महानगरपालिकाको मेडीसिटी अस्पतालमा उपचाररत २ जना रहेका छन् । कास्की जिल्ला, पोखरा महानगरपालिका, पृथ्वीचोकमा रहेको पश्चिमान्चल सामुदायिक अस्पतालमा कार्यरत ४ जनामध्ये २६ र २३ बर्षका २ जना महिला स्वास्थ्यकर्मी (स्टाफनर्स) रहेका छन् भने ३६ र २७ बर्षका २ जना महिला सहयोगी कर्मचारी रहेका छन् ।

त्यसैगरी कास्की जिल्ला, पोखरा महानगरपालिकामा रहेको पोखरा फूड्स प्रा.लि.मा कार्यरत १७ महिला र ८ जना पुरुष रहेका छन् । नवलपरासी (ब.सु.पू.) जिल्ला, देबचुली-१२ का ४० बर्षीय पुरुष स्वास्थ्यकर्मी हुन् । सबै कोरोना संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भई रहेको छ ।

गण्डकी प्रदेशमा थप २२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २५९८ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !