३० कार्तिक २०८१, शुक्रबार

नेपालमा संक्रमितको संख्या ४५ हजार नाघ्यो, आज थपिए कोरोनाका नयाँ १०४१ संक्रमित


प्रा. डा. जागेश्वर गौतम

काठमाडौँ, भदौ २० । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १०४१ जनामा पुष्टि भएको छ । २४ घण्टामा ३४९ महिला र ६९२ पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५२७७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १२४७३ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म ७ लाख ५७ हजार ९६३ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १७८७० सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा ९८६६ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा ८००४ जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ६५६१ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा आज ४०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ३२६ जना, ललितपुर जिल्लाका ३७ जना र भक्तपुर जिल्लाका ४५ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १५६६ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २७१२७ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८० पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ४४ हजार नाघ्यो, आज थपिए कोरोनाका नयाँ १३५९ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !