पोखरा, भदौ २० । गण्डकी प्रदेशमा आज दिउसो थप ४४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २४४७ जना पुगेको छ ।
स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान १०:०० बजे प्रेस बिज्ञप्ति जारी गर्दै ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।
आज बिहान अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा कास्कीका २२ जना, बाग्लुङका ३ जना, स्याङ्जाका १ जना, नवलपरासी सुस्ता पूर्वका १ जना र लमजुङ १७ जनामा कोरोना संक्रमण देखिएको हो ।
कास्की जिल्ला, पोखरा महानगरपालिकाका २ जना महिला पश्चिमान्चल सामुदायिक अस्पताल, पृथ्वी चोकमा कार्यरत कर्मचारी हुन् । पोखरा महानगरपालिका-१७ का २५ बर्षका पुरुष, पोखरा महानगरपालिका-१५ का २८ बर्षीय पुरुष, पोखरा महानगरपालिका-१४ का ४१ र ४४ बर्षीय २ पुरुषहरु र पोखरा महानगरपालिका-२४ का ३१ बर्षीय पुरुष गरी ५ जना भारतबाट आएका हुन् । पोखरा महानगरपालिका-१६ का ५२ बर्षीय पुरुष डाँफे सहकारी संस्थामा कार्यरत कर्मचारी हुन् ।
लमजुङ जिल्ला, बेशीसहरका ४ जना लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीहरु हुन् । अन्य सबै कोरोना संक्रमित व्यक्तिहरु कन्ट्याक ट्रेसिंगबाट पहिचान भएका हुन् । सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भई रहेको छ ।
यो पनि पढ्नुहोस्
गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३९७ पुग्यो