चितवन, भदौ १९ । चितवनका एकैदिन ७४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज कोभिड ल्याब र भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा हिजो बिहीबार गरिएको परीक्षणमा चितवनका मात्रै ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमण पुष्टि हुनेमध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका ५६ जना रहेका छन् । यस्तै राप्ती नगरपालिकाका ९ जना, खैरहनी नगरपालिकाका ४ जना, रत्ननगर नगरपालिकाका ३ जना, कालिका नगरपालिकाका २ जनामा संक्रमण देखिएको छ । यो पनि पढ्नुहोस्