६ आश्विन २०८१, आइतबार

कैलालीका ४८ सहित सुदूरपश्चिममा थप ५० जनामा कोरोना पुष्टि


सेती प्रादेशिक अस्पताल

धनगढी, भदौ १८ । कैलाली जिल्लाका ४८ जनासहित सुदूरपश्चिम प्रदेशका थप ५० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज अपरान्ह ५:३० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ५० जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।

सेती प्रादेशिक अस्पतालका डा. हेमराज पाण्डेका अनुसार १८ जना महिलाहरु र ३२ जना पुरुषहरुमा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ४८५ जनाको कोरोना परीक्षण गर्दा कैलालीका ४८ जना, कंचनपुरका १ जना र र ठेगाना नखुलेका १ जनामा कोरोना संक्रमण देखिएको हो ।

यो पनि पढ्नुहोस्

कैलालीका १५ सहित सुदूरपश्चिममा थप २५ जनामा कोरोना पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !