सुर्खेत, भदौ १८ । कर्णाली प्रदेशमा आज दिउसो १८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २५६९ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुखले आज दिउसो एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।
प्रदेश अस्पताल, सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा सुर्खेतका ६ जना, दैलेखका १ जना, कालिकोटका २ जना, बाँकेका १ जना, दाङका २ जना रहेका छन् । साथै दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणमा दैलेखका ६ जनामा कोरोना संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा कोभिड-१९ संक्रमणवाट निको भई ७६ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २२०१ पुगेको छ भने ६ जनाको कोरोना संक्रमणवाट मृत्यु भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । कर्णाली प्रदेशमा हाल ३६२ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।
यो पनि पढ्नुहोस्
कर्णाली प्रदेशमा थप ९५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २५५१ पुग्यो