२ असार २०८१, शनिबार

कैलाली, कञ्चनपुरका थप १४ जनामा कोरोना संक्रमण पुष्टि


सेती प्रादेशिक अस्पताल

धनगढी, भदौ १६ । सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुरका थप १४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज बेलुकी ५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप १४ जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।

सेती प्रादेशिक अस्पतालका डा. हेमराज पाण्डेका अनुसार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५६६ जनाको कोरोना परीक्षण भएकोमा ८ जना महिला र ६ जना पुरुष गरी १४ जनामा संक्रमण देखिएको हो । अस्पतालका अनुसार कैलालीका ११ र कञ्चपुरका तीन जनामा संक्रमण पुष्टि भएको बताए।

कञ्चनपुरको भीमदत्त नगरपालिकाका ३ जना, धनगढी उपमहानगरपालिका-४ का ३ जना, वडा नम्वर ६, १२ र १९ का १/१ जनामा संक्रमण पुष्टि भएको छ ।साथै कैलालीको गोदावरी नगरपालिकाका ४ जना र गौरीगंगा नगरपालिकाका १ जनामा पनि संक्रमण देखिएको छ ।

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप १४ जनामा देखियो कोरोना संक्रमण


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !