७ आश्विन २०८१, सोमबार

गण्डकी प्रदेशमा थप २९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१२३ पुग्यो


कोरोना संक्रमण

पोखरा, भदौ १४। गण्डकी प्रदेशमा आज बिहान थप २९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २१२३ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ७:३० बजे र बिहान १०:३०  बजे दुई वटा छुट्टाछुट्टै प्रेस बिज्ञप्ति जारी गर्दै २९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

आज बिहान ७:३० बजे अध्यावधिक विवरण अनुसार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ५ जनामा कोरोना संक्रमण देखिएको हो । कोरोना संक्रमित हुनेमा कास्कीको पोखरा महानगरपालिका ३ जना र नवलपरासी सुस्ता पूर्वका २ जना रहेका छन् ।

नवलपरासी (ब.सु.पू.) जिल्ला, मध्यबिन्दु-४ का कोरोना संक्रमित महिला स्वास्थ्यकर्मी हुन् । उनी कलेज अफ मेडिकल साईन्समा कार्यरत छिन् र उनी सोहि कलेजको आईसोलेसनमा रहेकी छिन् । अन्य सबै कोरोना संक्रमितहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भई रहेको छ ।

नवलपरासी (ब.सु.पू.) जिल्ला, बिनयत्रिबेणी-६ का ६२ बर्षीय पुरुषको हिजो भदौ १३ गते चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

आज बिहान बिहान १०:३० बजे अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ २४ जनामा कोरोना संक्रमण देखिएको हो । कोरोना संक्रमित हुनेमा तनहुँको भानु नगरपालिकाका २२ जना र बाग्लुंग तामानखोलाका २ जना रहेका छन् ।

बाग्लुङ जिल्ला, तामानखोला-२ का २ महिलामध्ये १ जना स्वास्थ्यकर्मी रहेकी छिन् भने १ जना स्थानीय ब्यापारी हुन् । अन्य सबै व्यक्तिहरु कन्ट्याक ट्रेसिंगबाट पहिचान भएका हुन् । सबै कोरोना संक्रमितहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भई रहेको छ ।

गण्डकी प्रदेशमा थप २९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१२३पुग्यो

गण्डकी प्रदेशमा थप २९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१२३पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !