७ आश्विन २०८१, सोमबार

लमजुङमा ८ जना प्रहरीसहित ९ जनामा कोरोना संक्रमण पुष्टि


पोखरा, भदौ १२। गण्डकी प्रदेशमा आज साँझ थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २०६५ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज साँझ ७:०० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ९ जनामा कोरोना संक्रमण देखिएको हो । आज साँझ अध्यावधिक विवरण अनुसार कोरोना संक्रमित हुनेमा लम्जुङका ८ जना र कास्कीका १ जना रहेका छन् ।

लमजुङ जिल्ला, बेशीसहरमा कार्यरत ८ जना नेपाल प्रहरीमा कार्यरत रहेका छन् भने कास्की जिल्ला, पोखरा महानगरपालिकाको १ जना मणिपाल अस्पातालमा कार्यरत १ जना चिकित्सक हुन् । आज साँझ ७ बजे कोरोना पुष्टि हुने सबै व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भई रहेको छ ।

गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २०६५ पुग्यो

यो पनि पढ्नुहोस्

लमजुङमा १२ जना प्रहरीसहित २० जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !