७ आश्विन २०८१, सोमबार

लमजुङमा १२ जना प्रहरीसहित २० जनामा कोरोना संक्रमण पुष्टि


कोरोना भाइरस

पोखरा, भदौ १२। गण्डकी प्रदेशमा आज साँझ थप २० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २०५६ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज साँझ ६:०० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै २० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ २० जनामा कोरोना संक्रमण देखिएको हो । आज साँझ अध्यावधिक विवरण अनुसार कोरोना संक्रमित हुनेमा लम्जुङका १६ जना र नवलपुर (ब.सु.पू.) का ४ जना रहेका छन् ।

लमजुङ जिल्ला, बेशीसहरमा कार्यरत १२ जना नेपाल प्रहरीमा कार्यरत प्रहरीहरु हुन् र १ जना थुनुवा रहेका छन् भने सोहि पालिका-८ का ४७ बर्षीय महिला लमजुङ जिल्ला सामुदायिक अस्पताल, बेसीशहरमा कार्यरत कर्मचारी हुन् ।

नवलपुर (ब.सु.पू.) जिल्ला, देबचुली-१ का ५४ बर्षीय महिला स्वास्थ्यकर्मी हुन् भने अन्य सबै व्यक्तिहरु कन्ट्याक ट्रेसिंगबाट पहिचान भएका हुन् । आज कोरोना पुष्टि हुने सबै व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भई रहेको छ ।

 

लमजुङका १६ जनासहित २० जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !