सुर्खेत, भदौ १२ । कर्णाली प्रदेशमा आज दिउसो १९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २३६३ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुखले आज दिउसो एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।
दैलेख अस्पताल, दैलेख, चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला, रुकुम पश्चिम र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको परीक्षणबाट थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा दैलेखका ११ जना, सल्यानका २ जना र जुम्लाका ६ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा कोभिड-१९ संक्रमणवाट निको भई १५ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २०४० पुगेको छ भने ६ जनाको कोरोना संक्रमणवाट मृत्यु भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । कर्णाली प्रदेशमा हाल ३१७ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।
यो पनि पढ्नुहोस्
कर्णाली प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३४४ पुग्यो