७ आश्विन २०८१, सोमबार

चितवनका ९ जनासहित १९ जनामा कोरोना संक्रमण पुष्टि


चितवन मेडिकल कलेज

चितवन, भदौं ८ । चितवनमा आज बिहिवार बिहान थप १९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । भरतपुर-१० स्थित चितवन मेडिकल कलेजको कोभिड ल्याबमा भदौ ११ गते गरिएको १७० वटा नमुनाको परीक्षणमा चितवनका ९ जनासहित १९ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाका माइक्रोवायोलोजिष्ट डा. नविन कुमार चौधरीले जनाएको छ ।

कोरोना संक्रमण पुष्टि हुनेहरुमा भरतपुर महानगरपालिकाका ९ जनामध्ये ४ जना पुरुष र ५ जना महिला रहेका छन् । यस्तै अन्य जिल्लाका व्यक्तिहरुमा नवलपुरका ३ जना, सर्लाहीका २ जना र तनहुँका १ जनामा संक्रमण देखिएको छ । चितवनमा निजी क्षेत्रबाट परीक्षण सुरु गरेको यो पहिलो मेडिकल कलेज रहेको छ ।

चितवनका संक्रमितमध्ये भरतपुर-५ का ७९ वर्षीय पुरुष, भरतपुर-७ का २० र २३ वर्षीया महिलाहरु २ जना, भरतपुर-१० का २६, ३१ वर्षीय पुरुष २ जना र २४, २८ वर्षीया महिलाहरु २ जना, भरतपुर-१६ का ५० वर्षीय पुरुष १ जना र भरतपुर-२६ का २१ वर्षीया महिला १ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै कोरोना संक्रमण पुष्टि हुनेमा पूर्वी नवलपरासी गैंडाकोट-८ का २५ वर्षीया महिला १ जना, विनयी त्रिवेणी-६ का ५५ वर्षीय पुरुष १ जना गरी २ जना, बाराको जितपुर-१७ का ५३ वर्षीय पुरुष १ जना र कलैया-३ का २५ वर्षीया महिला गरी २ जना, मकवानपुरको हेटौंडा-११ का ५२ वर्षीय महिला, रौतहट जिग्दवा-२ का ४५ वर्षीया महिला, दाङ लमही-५ का २२ वर्षीया महिला, सर्लाही हरिपुर-२ का ५८ वर्षीय पुरुष, धनुषा ठाडी-४ का २३ वर्षीया महिला र पर्सा वीरगञ्ज-३ का ३० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

चितवनका ९ जनासहित १९ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !