१ मंसिर २०८१, शनिबार

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २०२२


कोरोना भाइरस

पोखरा, भदौ १२। गण्डकी प्रदेशमा आज बिहान थप १७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २०२२ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान १०:०० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै १७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ १७ जनामा कोरोना संक्रमण देखिएको हो । आज दिउसो अध्यावधिक विवरण अनुसार कोरोना संक्रमित हुनेमा नवलपरासी सुस्ता पूर्वका ८ जना, लम्जुङका २ जना, तनहुँका ४ जना र कास्कीका ३ जना रहेका छन् ।

नवलपरासी (ब.सु.पू.) जिल्ला, देबचुली-१५ का कोरोना संक्रमित व्यक्ति खानेपानी सप्लाई गर्ने संस्थामा कार्यरत हुन्। लमजुङ जिल्ला, मर्स्याङ्दी-४ का कोरोना संक्रमित भारतबाट आएका हुन् । कास्की जिल्ला, पोखरा महानगरपालिका-१७ का २ जना कोरोना संक्रमित व्यक्ति पर्यटक प्रहरी हुन् भने अन्य सबै व्यक्तिहरु कन्ट्याक ट्रेसिंगबाट पहिचान भएका हुन् ।

आज कोरोना पुष्टि हुने सबै व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भई रहेको छ । यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १६७२ (निको हुने दर ८२.६९ %) रहेको छ ।

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २०२२

यो पनि पढ्नुहोस्

गण्डकी प्रदेशमा थप २७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २००५


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !