६ बैशाख २०८१, बिहिबार

गण्डकी प्रदेशमा थप २७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २००५


कोरोना भाइरस

पोखरा, भदौ ११ । गण्डकी प्रदेशमा आज दिउसो थप २७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २००५ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज दिउसो २:४५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै २७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

क्षयरोग उपचार केन्द्र, पोखरा र गण्डकी प्रदेश भन्दा बाहिरका प्रयोगशालाहरुमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ २७ जनामा कोरोना संक्रमण देखिएको हो । आज दिउसो अध्यावधिक विवरण अनुसार कोरोना संक्रमित हुनेमा नवलपरासी सुस्ता पूर्वका २७ जना रहेका छन् ।

सबै व्यक्तिहरु कन्ट्याक ट्रेसिंगबाट पहिचान भएका हुन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला, पोखरामा नमुना परिक्षण गरि आज संक्रमित भएका सबै व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भई रहेको छ भने ढिलागरी प्राप्त प्रतिबेदनमा उल्लेख गरिएका संक्रमित व्यक्तिहरुलाई यसअघि नै आईसोलेसन केन्द्रमा राखि सकिएको छ । यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १६७२ (निको हुने दर ८३.३९ %) रहेको छ ।

 

गण्डकी प्रदेशमा थप २७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २००५


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !