७ आश्विन २०८१, सोमबार

चितवनका २० जनासहित २६ जनामा कोरोना संक्रमण पुष्टि


चितवन मेडिकल कलेज

चितवन, भदौं ८ । चितवनमा आज बिहिवार बिहान थप २६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । भरतपुर-१० स्थित चितवन मेडिकल कलेजको कोभिड ल्याबमा भदौ १० गते गरिएको १५५ वटा नमुनाको परीक्षणमा चितवनका २० जनासहित २६ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।

कोरोना संक्रमण पुष्टि हुनेहरुमा भरतपुर महानगरपालिकाका १६ जना र रत्ननगर नगरपालिकाका ४ जनामा संक्रमण देखिएको माइक्रोवायोलोजिष्ट डा. नविन कुमार चौधरीले जानकारी दिए । त्यस्तै अन्य जिल्लाका व्यक्तिहरुमा नवलपुरका ३ जना, सर्लाहीका २ जना र तनहुँका १ जनामा संक्रमण पुष्टी भएको हो । चितवनमा निजी क्षेत्रबाट परीक्षण सुरु गरेको यो पहिलो मेडिकल कलेज रहेको छ ।

भरतपुर महानगरपालिकाका १६ जना कोरोना संक्रमण देखिएको छ । जस अनुसार भरतपुर-१ का ३० वर्षीय पुरुष, वडा नंं. २ का २५ र ४० वर्षीय २ जना पुरुष, वडा नं.३ का १४ र ५३ वर्षीया महिला, १७ र २२ वर्षीय पुरुष गरी ४ जना, वडा नंं.८ का २५ वर्षीया महिला, वडा नंं.९ का २८ वर्षीया महिला, वडा नंं.१० का २३ वर्षीया महिला, ३० र ५१ वर्षीय पुरुष गरी ३ जना, वडा नंं.११ का ३३ र ४० वर्षीया महिला, २३ वर्षीय पुरुष गरी ३ जना, वडा नंं.१४ का २३ वर्षीया महिला रहेका छन् ।

यस्तै रत्ननगर नगरपालिकामा ४ जनामा संक्रमण पुष्टि भएको छ । रत्ननगर-६ का ३२ वर्षीया महिला, वडा नं.१० का ३० र ५१ वर्षीय २ जना पुरुष र वडा नं.१५ का २१ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

गैंडाकोट-५ का ३५ वर्षीय १ जना पुरुषमा कोभिड १९ संक्रमण पुष्टी भएको छ । त्यस्तै नवलपुरकै मध्यविन्दु १० का २ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमण पुष्टी भएकाहरुको थप विवरणको खोजी भई रहेको छ । उनीहरू समुदाय स्तरका हुन । क्वारेन्टाइनमा बसेका होइनन् ।

चितवनका २० जनासहित २६ जनामा कोरोना संक्रमण पुष्टि

चितवनका २० जनासहित २६ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !