७ आश्विन २०८१, सोमबार

गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९५२


कोरोना संक्रमण

पोखरा, भदौ १० । गण्डकी प्रदेशमा आज दिउसो थप ६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९५२ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज दिउसो १२:५० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

आज बिहान अध्यावधिक विवरण अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको परिक्षणमा कास्कीको पोखरा महानगरपालिका-१७ का १ जना, बाग्लुङको बाग्लुङ नगरपालिका-३ का १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेश भन्दा बाहिरी प्रयोगशाला गरिएको परिक्षणमा गोरखाको गोरखा नगरपालिका-९ क २ जना र नवलपरासी सुस्ता पूर्व गैडाकोट-४ र देवचुली-१० का १ जनामा पनि कोरोना संक्रमण देखिएको छ ।

आज कोरोना संक्रमण पुष्टि हुनेहरु सवैलाई सम्बन्धित जिल्लामा रहेको आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ भने अन्य जिल्लाका संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा राखि सकिएको छ ।

बाग्लुङका संक्रमित महिलाको साउन ३२ गते प्रकाशित गरिएको प्रतिबेदनमा पुनः परिक्षणको समुहमा राखिएको थियो । उनी बाग्लुङ जिल्लाको आईसोलेसन केन्द्रमा सोहि मितिदेखि नै बसिरहेका छन् ।

गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९५२


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !