५ जेष्ठ २०८१, शनिबार

कोभिड-१९ मा देखिने सक्रमणको बृतान्त : कोरोना संक्रमितको पिडा र अनुभतिवाट सिक्नैपर्ने पाठ


कोरोना संक्रमित
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

नवलपरासी, भदौ १० । कोभिड-१९ मा देखिने सक्रमणको लक्षण केहि दिन अगाडि साँझ ५ बजेतिर हल्का ज्वरो आएको थियो । त्यतिखेर जाँच गर्दा ज्वरो ९९ डिग्री थियो । एक घण्टापछि चेक गर्दा क्रमश: १०० हुँदैं बढेर भोलिपल्ट विहान पाँच बज्दा १०४ डिग्री पुग्यो । ज्वरो एक्कासी बढेपछि विरामीलाई एम्बुलेन्स मार्फत हस्पिटल पठाइयो ।

त्यहाँ रगत लगायतका आवश्यक परीक्षण गरियो । लक्षण हेर्दा कोभिड-१९ सँग मिल्दाजुल्दा भएपछि पिसिआर जाँच गर्दा कोरोना पोजेटिभ देखियो । कोरोनाले बनाएको स्वास्थ्य जटिलताका बारेमा कोभिड-१९ का विरामीले सुनाएः एकै रातमा १०४ डिग्री ज्वरो पुग्यो ।

झण्डै १७-१८ दिनअघि सुरुमा खानामा रुचि कम हुँदैं गयो रे । स्वाद थाहा नहुने भयो रे । विस्तारै डायरिया र बमिट सुरु भयो रे । त्यसपछि ज्वरो आउन थाल्यो रे । सुरुमा ९९ डिग्री ज्वरो थियो । भोलिपल्ट विहानसम्म ज्वरो पिकमा हुन्थ्यो १००, १०२ हुँदै १००४ सम्म पुग्यो । एकै रातमा ज्वरो यसरी माथि पुग्यो ।

विहान ३-४ बजेतिर ज्वरोले लडाउने अवस्था नै आयो । अनि त्यही बेला एम्बुलेन्स बोलाएर हस्पिटल ल्याइयो । एम्बुलेन्स मार्फत हस्पिटल पुगेपछि रगत परीक्षण गराए । कोभिड-१९ सँग मिल्दाजुल्दा लक्षण भएकाले कोभिड परीक्षण पनि गराए । सबैका रिपोर्टहरु आए । कोभिड-१९ को रिपोर्ट पोजेटिभ देखियो ।

विरामिलाई आईसीयु चाहिने अवस्थामा भैसकेको थियो । हस्पिटलमा छुट्टै आईसीयु नभएका कारण मेडिकल कलेज ल्याइयो । मेडिकल कलेज आएपछि अवस्था झन नाजुक हुँदैं गयो । आएको तेस्रो दिनमा त अवस्था यस्तो पुग्यो कि चिकित्सकरुले भेन्टिलेटरमै राख्नुपर्छ भन्ने सल्लाह गर्न थालिसकेका थिए ।

तर, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तोकेका उपचारका सबै स्ट्यान्डर्ड अपनाइयो । अहिले पनि मानिसहरु त्यही सम्झेर कोरोनालाई हेपिरहेका छन् । तर, जसले कोरोनालाई हल्का रुपमा लिन्छ, त्यसले जिन्दगीकै ठूलो भूल गर्छ । हामी जस्तो युवा मान्छेलाई त यसरी गम्भीर अवस्थामा पुर्यायो । उहाँ भन्नु हुन्छ मलाई अहिलेसम्म केही पनि स्वास्थ्य समस्या थिएन ।

न सुगर, न प्रेसर न दम नै थियो । मेरो शरीरमा क्यानुला लगाइएको यो पहिलो पटक हो । कोरोनाले शरीरमा चाँडो-चाँडो जटिलता उत्पन्न गर्दै जाँदो रहेछ । घण्टा-घण्टामा समस्या थपिदैं जाने रहेछन् । भेन्टिलेटर र आईसीयु भन्ने कुरा त अडिनरी कुराहरु मात्रै रहेछन् । फोक्सोलाई श्वास फेर्न जति सजिलो बनाउन सक्यो, त्यति रेष्ट मिल्दोरहेछ ।

मलाई शिक्षण अस्पताल भेन्टिलेन्टर राख्नु भन्दा अगाडि राखिने ‘नन इन्भ्यासिभ भेन्टिलेटर’मा उपचार गरियो । यसले अक्सिजनको फ्लो सहज बनाउँछ । मेरो शरीरले अक्सिजनले ३० प्रतिशत मात्रै स्याचुरेट गरेको थियो । मलाई विश्व स्वास्थ्य संगठनले तोकेको सबै मापदण्ड अनुसार उपचार गरिएपछि अहिले स्वास्थ्यमा सुधार हुँदैं आएको पाए ।

अहिले अक्सिजन स्यासुरेसन गर्ने क्षमता ९२-९३ पुगेको छ । आजै यहाँबाट डिस्चार्ज भएर रेष्टको लागि अर्को अस्पताल जाने तयारीमा छु । म आम नेपालीलाई के भन्न चाहन्छु भने अहिलेको भाइरस चैत्र र बैशाख जस्तो छैन् । अहिले किटाणु एकदमै कडा र सक्रिय छ । अबका एक दुई हप्ता कन्ट्रोल गर्न सकिएन भने अवस्था भयावह हुने निश्चित छ । अहिले अस्पतालका वार्ड र आईसीयुहरु भरिभराउ छन् ।

एकातिर अस्पतालमा वेडको अभाव हुँदैं गएको छ, अर्कोतर्फ अस्पतालमै राख्नुपर्ने अवस्थाका केसहरु दिनदिनै बढिरहेका छन् । डन्ट टेक इट इजी । तपाईंको जिन्दगी तपाईको आफ्नै हातमा छ । प्लीज, म बलियो छु, मलाई रोग छैन्, मलाई कोरोना लाग्दैन् भनेर घमण्ड नगर्नुहोस् । लाइफ हाम्रो हातमा छैन्, उसको हातमा छ । अबका दुई तीन हप्ता एकदमै क्रिटिकल छन् ।

ज्वरो आएको दुई दिनमै कडा निमोनिया निकाल्नु सामान्य कुरा होइन् । मलाई त्यो बेलाभन्दा अहिले झन डर लागेको छ । किनभने, त्यतिखेर मैले आफ्नो छातीको एक्स-रे हेरेको थिइन् । अहिले आफ्नो एक्स-रे हेरेर आफै डराए । दुई दिनको अन्तरालमा मेरो फोक्सो कस्तो भएछ ।

म भन्नै सक्दिन् । म केही रोग नलागेको र राम्रो इम्युनिटी पावर भएको मान्छेलाई त यस्तो भएछ । वृद्धवृद्धा, बालबालिका र रोग प्रतिरोधात्मक क्षमता नभएका मान्छेलाई मात्रैं यसले गम्भीर बनाउँछ भन्ने जुन भ्रम छ, त्यो आजैदेखि तोडिदिनुहोस् । सबैका लागि उतिनै खतरानाक छ ।

तपाईंहरु सोसल डिस्टान्स बनाउनुहोस्, मास्क लगाउनुहोस् । दुई-तीन हप्ता बाहिर ननिस्कनुस् । दुई हप्ता बाहिर ननिस्केर पहाड र आकाश खस्ने छैन् । भोकै कोही मर्ने पनि होइन् । बाँचेपछि भोलि सबै गरौंला । उपरोक्त घटनालाई हामीले नजर अन्दाज गर्नु भनेको आफ्नो शरीर संग खेल्वाड गर्नु हो । सामान्य ज्वोरो आउदैमा डराई हाल्नु पर्दैन तर ज्वरो बढ्दै काम थालेमा भने सर्तकता अपनाउनु पर्दछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !