१८ बैशाख २०८१, मंगलबार

नेपालमा कोरोना जित्नेको संख्या १९ हजार नाघ्यो, थप ३१३ जना घर फर्किए


घर फर्किए

काठमाडौँ, भदौ ९ । नेपालमा पछिल्लो २४ घण्टामा ३१३ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १९११९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् ।

काठमाडौं उपत्यकामा आज २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका १९९ जना, ललितपुर जिल्लाका १९ जना र भक्तपुर जिल्लाका १४ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा आज कोरोना संक्रमण नयाँ ८५५ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३३५३३ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६४ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना जित्नेको संख्या १८८०६ पुग्यो, थप १७५ जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !