चितवन, भदौं ८ । चितवनमा आज सोमबार बिहान थप २० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । भरतपुर-१० स्थित चितवन मेडिकल कलेजको कोभिड ल्याबमा आइतबार गरिएको १२० वटा नमुनाको परीक्षणमा चितवनका १४ जनासहित २० जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।
आज कोरोना संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुरका छन् । उनीहरु मध्ये भरतपुर-१ का ७४ वर्षीया महिला र २३ वर्षीया पुरुष, भरतपुर-२ का ३१ वर्षीय पुरुष, भरतपुर-३ का ३१ वर्षीय पुरुष, भरतपुर-५ का २२ र ३३ वर्षीया २ जना महिला, भरतपुर-९ का ४३ वर्षीया पुरुष, भरतपुर-१० की २३ वर्षीया महिला, भरतपुर-११ का ३५ र ५२ वर्षीय २ जना पुरुष, भरतपुर-१५ का २० वर्षीय पुरुष, भरतपुर-१६ का २० वर्षीया महिला, भरतपुर-२८ का ६२ वर्षीय पुरुष र खैरहनी-१२ की ३० वर्षीया महिला रहेका छन् ।
यसैगरी मकवानपुरको हेटौंडा-४ की ४९ वर्षीया महिला, नवलपरासी पूर्व गैंडाकोट-२ का ३८ वर्षीया महिला, ४२ वर्षीष पुरुष र कावासोती-१४ का २२ वर्षीया महिला गरी तीन जना, बारा कलैया-४ का ६५ वर्षीय पुरुष र गोरखा-१ का ६० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । उनीहरुको भरतपुर महानगरपालि-५ स्थित चितवन मेडिकल कलेज स्वाब संकलन केन्द्रबाट स्वाब संकलन गरिएको थियो ।