पोखरा, भदौ ५ । गण्डकी प्रदेशमा आज बेलुका थप २ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८२३ जना पुगेको छ ।
स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बेलुका ११:०० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै २ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।
आज बेलुका अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमित हुनेहरुमा कास्कीको पोखरा महानगरपालिका-२७ का १ जना र नवलपरासी सुस्ता पूर्वका १ जना रहेका छन् । आज कोरोना संक्रमण पुष्टि हुनेहरु सवैलाई सम्बन्धित जिल्लामा रहेको आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ ।
यो पनि पढ्नुहोस्
गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८१२