१ मंसिर २०८१, शनिबार

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा ३० जनामा कोरोना पुष्टि


भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला

चितवन, भदौ ३। चितवनको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा ३० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले एक बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएकी छिन् ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा भदौ २ गते परीक्षण गरिएका ५०० वटा नमुनाहरुको पिसिआर परीक्षणको क्रममा ३० वटा नमुनाको नतिजा पोजेटिभ र ४७० वटा नमुनाको नतिजा नेगेटिभ रहेको भरतपुर अस्पतालले जानकारी दिएको छ ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा आइतबार राती १२ बजेसम्म गरिएको परीक्षणमा चितवनका २० जना, नवलपुरका ५ जना, महोत्तरीका १ जना, बाँकेका १ जना, तनहुँका १ जना, मकवानपुरका १ जना र बाराका १ जना गरी ३० जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा. अधिकारीले जानकारी दिइन् ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा ३० जनामा कोरोना पुष्टि

यो पनि पढ्नुहोस्

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा ५० जनामा कोरोना पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !