५ जेष्ठ २०८१, शनिबार

कर्णाली प्रदेशमा थप ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २०८७ पुग्यो


कोरोना भाइरस

सुर्खेत, भदौ २। कर्णाली प्रदेशमा आज दिउसो ६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २०८७ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृतले आज दिउसो एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

दैलेख अस्पताल दैलेख र चौरजहारी नगरपालिका पीसीआर प्रयोगशाला-रुकुम (पश्चिम) मा गरिएको परीक्षणबाट आज बुधवार थप ६ जनामा संक्रमण पुष्टि भएको हो । आज कोरोना संक्रमण पुष्टि हुनेमा दैलेखका ५ जना र रुकुम पश्चिमका १ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा कोभिड-१९ संक्रमणवाट निको भई ४ जना डिस्चार्ज भएसँगैको हालसम्म डिस्चार्ज हुनेको संख्या  १९३२ पुगेको छ भने ६ जनाको कोरोना संक्रमणवाट मृत्यु भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । कर्णाली प्रदेशमा हाल १४९ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

कर्णाली प्रदेशमा थप ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २०८७ पुग्यो

यो पनि पढ्नुहोस्

कर्णाली प्रदेशमा थप १४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २०८१ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !