७ आश्विन २०८१, सोमबार

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७५६


कोभिड-१९)

पोखरा, भदौ १ । गण्डकी प्रदेशमा आज राति थप १७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७५६ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज राति ८:०० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै १७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

आज राति ८:०० बजे अध्यावधिक विवरण अनुसार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमित हुनेहरुमा कास्कीको पोखरा महानगरपालिकाका ११ जना, नवलपरासी (ब. सु. पु) का १ जना, लम्जुङका १ जना, तनहुँका २ जना, बाग्लुङका १ जना र स्याङजाका १ जना रहेका छन् ।

आज कोरोना संक्रमण पुष्टि हुनेहरु सवैलाई सम्बन्धित जिल्लामा रहेको आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ । यसैगरी गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या १५५० जना पुगेको छ ।

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७५६

यो पनि पढ्नुहोस्

गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७३९


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !