८ जेष्ठ २०८१, मंगलबार

गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७३९


कोरोना भाइरस

पोखरा, भदौ १ । गण्डकी प्रदेशमा आज बिहान थप ४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७३९ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान १०:४५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै ४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

बिहान १०:४५ बजे अध्यावधिक विवरण अनुसार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमित हुनेहरुमा कास्कीको पोखरा महानगरपालिका-१७ क १ जना पुरुष, नवलपरासी (ब. सु. पु) बौदिकली-४ का १ जना पुरुष र स्याङजाको वालिङ नगरपालिका-१४ र २ का २ जना पुरुष रहेका छन् ।

आज कोरोना संक्रमण पुष्टि हुनेहरु सवैलाई सम्बन्धित जिल्लामा रहेको आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ । यसैगरी गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या १५४९ जना पुगेको छ ।

गण्डकी प्रदेशमा हालसम्म स्वाब संकलित नमुना ३५२२४ पुगेकोमा संक्रमण देखिएको संख्या १७३९ पुगेको छ भने ३३४८५वटा नमुनामा संक्रमण देखिएको छैन् । गण्डकी प्रदेशमा हाल आइसोलेसनमा रहेकाको सक्रिय संक्रमितको संख्या १८४ जना रहेको छ । गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणवाट ५ जनाको मृत्य भई सकेको छ ।

गण्डकी प्रदेशमा आज थप ४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७३९


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !