२ मंसिर २०८१, आइतबार

भेरी अस्पतालमा गरिएको परीक्षणमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि


भेरी अस्पताल

नेपालगञ्ज, साउन ३२ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा थप २१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ४०० नमुनाको पिसिआर परीक्षण गर्दा आज अपराह्न २१ जनामा कोरोना संक्रमण देखिएको छ ।

अस्पतालले आजअपराह्न ३:३० बजे एक विज्ञप्ति सार्वजनिक गर्दै थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा बाँकेका २० जना र सल्यानका १ जना रहेका छन् ।

आज अपराह्न कोरोना संक्रमित हुनेहरुमा १७ जना पुरुषहरु र ४ जना महिला रहेका छन् । भेरी अस्पतालको प्रयोगशालामा हालसम्म पत्ता लागेका कोरोना संक्रमितहरुको संख्या १२६४ जना पुगेको छ ।

भेरी अस्पताल नेपालगञ्जमा हालसम्म प्राप्त नमूनाहरुको संख्या २९०४० रहेको छ भने हालसम्म परीक्षण सम्पन्न भएको नमूनाहरुको संख्या २९००० वटा रहेको छ ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि

यो पनि पढ्नुहोस्

भेरी अस्पतालमा गरिएको परीक्षणमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !