७ जेष्ठ २०८१, सोमबार

भेरी अस्पतालमा गरिएको परीक्षणमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि


भेरी अस्पताल

नेपालगञ्ज, साउन ३१ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा थप १३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ४७० नमुनाको पिसिआर परीक्षण गर्दा आज अपराह्न १३ जनामा कोरोना संक्रमण देखिएको छ ।

अस्पतालले आजअपराह्न ३:३० बजे एक विज्ञप्ति सार्वजनिक गर्दै थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा बर्दियाका २ जना, बाँकेका १० जना र दाङका १ जना रहेका छन् ।

आज अपराह्न कोरोना संक्रमित हुनेहरुमा ७ जना पुरुषहरु र ६ जना महिला रहेका छन् । भेरी अस्पतालको प्रयोगशालामा हालसम्म पत्ता लागेका कोरोना संक्रमितहरुको संख्या १२४३ जना पुगेको छ ।

भेरी अस्पताल नेपालगञ्जमा हालसम्म प्राप्त नमूनाहरुको संख्या २८७५६ रहेको छ भने हालसम्म परीक्षण सम्पन्न भएको नमूनाहरुको संख्या २८६०० वटा रहेको छ ।

यो पनि पढ्नुहोस्

भेरी अस्पतालमा गरिएको परीक्षणमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !