६ जेष्ठ २०८१, आइतबार

भेरी अस्पतालमा गरिएको परीक्षणमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि


भेरी अस्पताल

नेपालगञ्ज, साउन ३०। भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा थप २३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ७०० नमुनाको पिसिआर परीक्षण गर्दा आज अपराह्न २३ जनामा कोरोना संक्रमण देखिएको छ ।

अस्पतालले आजअपराह्न ४:३० बजे एक विज्ञप्ति सार्वजनिक गर्दै थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा बाँकेका ११ जना, बर्दियाका १२ जना रहेका छन् ।

आज अपराह्न कोरोना संक्रमित हुनेहरुमा १६ जना पुरुषहरु र ७ जना महिला रहेका छन् । भेरी अस्पतालको प्रयोगशालामा हालसम्म पत्ता लागेका कोरोना संक्रमितहरुको संख्या १२३० जना पुगेको छ ।

भेरी अस्पताल नेपालगञ्जमा हालसम्म प्राप्त नमूनाहरुको संख्या २८४०० रहेको छ भने हालसम्म परीक्षण सम्पन्न भएको नमूनाहरुको संख्या २८००० वटा रहेको छ ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

यो पनि पढ्नुहोस्

भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !