७ जेष्ठ २०८१, सोमबार

भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि


भेरी अस्पताल

नेपालगञ्ज, साउन २९ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा थप ३० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ६४० नमुनाको पिसिआर परीक्षण गर्दा आज अपराह्न ३० जनामा कोरोना संक्रमण देखिएको छ ।

अस्पतालले आज अपराह्न ५:०० बजे एक विज्ञप्ति सार्वजनिक गर्दै थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा बाँकेका २२ जना, बर्दियाका ५ जना र सुर्खेतका ३ जना रहेका छन् ।

आज अपराह्न कोरोना संक्रमित हुनेहरुमा १९ जना पुरुषहरु र ११ जना महिला रहेका छन् । भेरी अस्पतालको प्रयोगशालामा हालसम्म पत्ता लागेका कोरोना संक्रमितहरुको संख्या १२०७ जना पुगेको छ ।

भेरी अस्पताल नेपालगञ्जमा हालसम्म प्राप्त नमूनाहरुको संख्या २७९९५ रहेको छ भने हालसम्म परीक्षण सम्पन्न भएको नमूनाहरुको संख्या २६९९० वटा रहेको छ ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि

यो पनि पढ्नुहोस्

भेरी अस्पतालमा गरिएको परीक्षणमा आज ५९ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !