५ जेष्ठ २०८१, शनिबार

कर्णाली प्रदेशमा थप ८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २०६५ पुग्यो


कोरोना भाइरस

सुर्खेत, साउन ३१ । कर्णाली प्रदेशमा आज दिउसो ८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २०६५ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृतले आज दिउसो एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

सुर्खेतस्थित प्रदेश अस्पताल,  पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणबाट आज बुधवार थप ८ जनामा संक्रमण पुष्टि भएको हो । आज कोरोना संक्रमण पुष्टि हुनेमा सुर्खेतका ५ जना र दैलेखका ३ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा कोभिड-१९ संक्रमणवाट निको भई ५ जना डिस्चार्ज भएसँगैको हालसम्म डिस्चार्ज हुनेको संख्या  १९१३ पुगेको छ भने ६ जनाको कोरोना संक्रमणवाट मृत्यु भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । कर्णालीमा हालसम्म १४६ जना आइसोलेसनमा सक्रिय कोरोना संक्रमित रहेका छन् ।

कर्णाली प्रदेशमा थप ८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २०६५ पुग्यो

यो पनि पढ्नुहोस्

कर्णाली प्रदेशमा थप ५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २०५७ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !