धनगढी, साउन ३०। सुदूरपश्चिम प्रदेशमा थप ४ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज अपरान्ह १:३० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ४ जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।
सेती प्रादेशिक अस्पतालका डा. हेमराज पाण्डेका अनुसार ३ जना पुरुषहरु र १ जना महिलाहरुमा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ८८९ जनाको कोरोना परीक्षण गर्दा अछामका ४ जनामा कोरोना संक्रमण देखिएको हो ।
यो पनि पढ्नुहोस्