सुर्खेत, साउन २९ । कर्णाली प्रदेशमा आज दिउसो १८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २०५२ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुखले आज दिउसो एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।
सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणबाट आज बुधवार थप १८ जनामा संक्रमण पुष्टि भएको हो । आज कोरोना संक्रमण पुष्टि हुनेमा सुर्खेतका १३ जना पुरुषहरु र ५ जना महिलाहरु गरी १८ जनाका छन् ।
मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार आज कोरोना पुष्टि हुनेहरुमा वीरेन्द्रनगर नगरपालिका-१० का २०, २५ र २७ वर्षीया महिलाहरु ३ जना, १, २, ३, २५, २७ र ४६ वर्षीय पुरुषहरु ६ जना, वडा नम्वर १३ का २२ र २५ वर्षीया महिलाहरु २ जना, ६, १३, २०, २७, ३२ र ३८ वर्षीय पुरुषहरु ६ जना रहेका छन् । साथै एक जना संक्रमित भने लेकबेसी नगरपालिका-७ का ४३ वर्षीय पुरुष १ जनामा पनि कोरोना संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा कोभिड-१९ संक्रमणवाट निको भई ७ जना डिस्चार्ज भएसँगैको हालसम्म डिस्चार्ज हुनेको संख्या १९०१ पुगेको छ भने ६ जनाको कोरोना संक्रमणवाट मृत्यु भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । कर्णालीमा हालसम्म १४५ जना आइसोलेसनमा सक्रिय कोरोना संक्रमित रहेका छन् ।
यो पनि पढ्नुहोस्
कर्णाली प्रदेशमा थप २३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २०३४ पुग्यो