५ जेष्ठ २०८१, शनिबार

कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २०५२ पुग्यो


कोरोना भाइरस Print

सुर्खेत, साउन २९ । कर्णाली प्रदेशमा आज दिउसो १८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २०५२ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुखले आज दिउसो एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणबाट आज बुधवार थप १८ जनामा संक्रमण पुष्टि भएको हो । आज कोरोना संक्रमण पुष्टि हुनेमा सुर्खेतका १३ जना पुरुषहरु र ५ जना महिलाहरु गरी १८ जनाका छन् ।

मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार आज कोरोना पुष्टि हुनेहरुमा वीरेन्द्रनगर नगरपालिका-१० का २०, २५ र २७ वर्षीया महिलाहरु ३ जना, १, २, ३, २५, २७ र ४६ वर्षीय पुरुषहरु ६ जना, वडा नम्वर १३ का २२ र २५ वर्षीया महिलाहरु २ जना, ६, १३, २०, २७, ३२ र ३८ वर्षीय पुरुषहरु ६ जना रहेका छन् । साथै एक जना संक्रमित भने लेकबेसी नगरपालिका-७ का ४३ वर्षीय पुरुष १ जनामा पनि कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा कोभिड-१९ संक्रमणवाट निको भई ७ जना डिस्चार्ज भएसँगैको हालसम्म डिस्चार्ज हुनेको संख्या  १९०१ पुगेको छ भने ६ जनाको कोरोना संक्रमणवाट मृत्यु भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । कर्णालीमा हालसम्म १४५ जना आइसोलेसनमा सक्रिय कोरोना संक्रमित रहेका छन् ।

कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २०५२ पुग्यो

यो पनि पढ्नुहोस्

कर्णाली प्रदेशमा थप २३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २०३४ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !