२९ साउन, हेटौंडा । मकवानपुरमा सोमबार र मंगलबार संकलन गरिएको स्वाब परीक्षण गर्दा ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
हेटौंडा उपमहानगरपालिकाका १८, भिमफेदी गाउँपालिकाका ३, थाहा नगरपालिकाका २, बकैया गाउँपालिकाका २, चितवन र काठमाडौंका १–१ जना र नेपाल प्रहरीका १० जना पनि संक्रमित भएका छन् ।