![कोरोना भाइरस](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/Corona-Virus-COVID-19-Positive-Update-1-8.jpg?fit=1068%2C448&ssl=1)
सुर्खेत, साउन २५ । कर्णाली प्रदेशमा आज दिउसो ९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १९७९ जना पुगेको छ ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा जनस्वास्थ्य अधिकृतले आज दिउसो एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् । आज कोरोना संक्रमण पुष्टि हुनेमा सुर्खेतका २ जना, दैलेखका १ जना, जुम्लाका ४ जना र कालिकोटका २ जना गरी ९ जना रहेका छन् ।