७ आश्विन २०८१, सोमबार

गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८५५


कोरोना भाइरस

पोखरा, भदौ ६ । गण्डकी प्रदेशमा आज बिहान थप ११ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८५५ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान १० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै ११ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

आज बिहान अध्यावधिक विवरण अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमित हुनेहरुमा कास्कीको पोखरा महानगरपालिका-९ र ४ का ३ जना, बाग्लुङको बाग्लुङ बजारका १ जना, तनहुँको बिमद र आबुखैरेनीका २ जना, स्याङजाको वालिङ र फेदीखोलाका २ जना र नवलपरासी सुस्ता पूर्व देवचुली र कावासोतीका ३ जना रहेका छन् । आज कोरोना संक्रमण पुष्टि हुनेहरु सवैलाई सम्बन्धित जिल्लामा रहेको आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ ।

गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८५५


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !