७ जेष्ठ २०८१, सोमबार

गण्डकी प्रदेशमा आज फेरि ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५७५


कोरोना भाइरस

२२ साउन, पोखरा । गण्डकी प्रदेशमा आज फेरि दिउसो ९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५७५ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज दिउसो १२:४५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा तनहुँको ब्यास नगरपालिका-४ क १ जना महिला, कास्कीको पोखरा महानगरपालिका-८ का ३ जना पुरुषहरु र १ जना महिला, पर्वतको महाशिला-४ का १ जना पुरुष, गोरखाको पालुङ्गटार-८ का १ जना महिला, स्याङजाको फेदीखोलाको १ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

आज कोरोना संक्रमण पुष्टि हुनेहरु सवैलाई सम्बन्धित जिल्लामा रहेको आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ । गण्डकी प्रदेशमा आज बिहान ११ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५६६ जना पुगेको थियो ।

गण्डकी प्रदेशमा आज फेरि ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५७५

यो पनि पढ्नुहोस्

गण्डकी प्रदेशमा आज बिहानै ११ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५६६


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !